अडान बागमतीमा पुनः बर्तौला
हेटौंडा-नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला निर्विरोध निर्वाचित भएका छन् । अडानको शनिबार हेटौंडामा सम्पन्न सातौं प्रदेश अधिवेशनले तेस्रो कार्यकालको लागि बर्तौलाको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा द्वारिकाप्रसाद रिजाल, लवप्रसाद सुवेदी, माधवप्रसाद बास्तोला, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा मणिप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा र सहकोषाध्यक्षमा ईन्द्रमणि गैरे चयन भएका छन् ।
अडान केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अडान निवर्तमान केन्द्रीय अध्यक्ष मोहनराज रेग्मी, बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारलगायतको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकबाट सल्लाहकार समितिको संयोजकमा रोहितकुमार झा, विशेषज्ञ समितिको संयोजकमा सकुलकुमार श्रेष्ठ र अनुशासन समितिका संयोजकमा भेषराज कोइरालालाई चयन गरिएको अध्यक्ष बर्तौलाले बताए ।







