उपमहानगरले सधैं प्रेस स्वतन्त्रताको सम्मान गर्छ: नगरप्रमुख लामा

साझाकुरा
२०८२ बैशाख ८, सोमबार १०:२१

हेटौंडा-हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले प्रेस स्वतन्त्रताको सम्मानमा आफू प्रतिबद्ध रहेको बताएकी छिन् । सामाजिक सञ्जालमाफत् स्पष्टीकरण दिदै नगरप्रमुख लामाले उपमहानगरपालिका सधैं प्रेस स्वतन्त्रताको सम्मान गर्दै अघि बढ्ने बताइन् । नगरप्रमुख हुनुको नाताले आफू प्रेस स्वतन्त्रता र सञ्चारकर्मीप्रतिको आदरभावमा अटल रहेको नगरप्रमुख लामाद्वारा जारी धारणामा जनाइएको छ ।

केही दिनअघि सञ्चारमाध्यमबाट आफूले दिएको अभिव्यक्ति प्रेस जगतलाई चोट पु¥याउने मनसायले नभई परिस्थितिजन्य घटनाका रुपमा बुझिदिनुहुन उनले सञ्चारकर्मीहरुमा अनुरोध समेत गरेकी छन् । आगामी दिनमा पनि प्रेस र उपमहानगरपालिकाबीचको सम्बन्ध विगत झैं प्रगाढ रहिरहने उनको विश्वास रहेको छ । आइतबार बिहान भएको पत्रकार महासंघका पदाधिकारीसँगको भेटमा पनि नगरप्रमुख लामाले आफूले प्रेसजगत प्रति कहिल्यै दुर्भावना नराखेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*