पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव, परिषद भेला

साझाकुरा
२०८२ बैशाख ९, मंगलवार ११:०१

हेटौंडा- पालुङ बहुमुखी क्याम्पसको २२ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न भएको छ । क्याम्पस अध्यक्ष तथा थाहानगरप्रमुख बिष्णु बिष्ट आदर्शको अध्यक्षतामा पालुङ क्याम्पसको सभाहलमा परिषद भेला भएको हो । परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै परिषद् अध्यक्ष बिष्टले थाहानगरको शैक्षिक विकासको धरोहरको रुपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वपूर्ण भूमिका रहने बताए । क्याम्पसको विकासको लागि नगरले सक्दो सहयोग गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षामा सहयोग जति गरेपनि अपुग हुने बताउँदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर, समस्याको बाबजुद स्थानीयले क्याम्पस टिकाइरहेको उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याएका छन् । आर्थिक अभाव कै कारण क्याम्पस बन्द हुने अवस्था आउन नदिने बताउँदै उनले प्रविधिमैत्री शिक्षाका लागि विश्वविद्यालय तत्पर रहेको बताए ।वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष बिष्टले आफ्नो वार्षिक नीति तथा कार्यक्रम, क्याम्पसप्रमुख राजन मिश्रले क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन र क्याम्पसका कोषाध्यक्ष बिमलकुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*