हेटौंडा सामुदायिक आँखा अस्पतालमा सेनिटरी प्याड भेन्डिङ मेशिन

साझाकुरा
२०८२ बैशाख २६, शुक्रबार ०९:३९

हेटौंडा- हेटौंडा सामुदायिक आँखा अस्पतालमा युक्ति फाउण्डेशन, काठमाडौंले अस्पतालमा आउने महिला बिरामीका लागि सेनेटरी प्याड भेनिडङ मेशिन सहयोग गरेको छ । अस्प्तालका संरक्षक सिद्धिलाल श्रेष्ठ र अस्पताल प्रमख डा. सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमाडोल्मा लामाले हस्तान्तरण गरेका हुन् । यस मेशिनको सहयोगले अस्पतालमा आउने महिला बिरामीलाई महिनाबारी भएमा सेनिटरी प्याड किन्न पसलमा जानु पर्दैन ।

संरक्षक श्रेष्ठले अस्पतालमा आउने महिला बिरामीहरुलाई यसले धेरै सहयोग हुने बताए । मेशिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशन बाट सहयोगन गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । युक्ति फाउण्डेशनको तर्फबाट लामाले विदेशमा महिला दिदीबिहिनीलाई महिनावारीको समयमा पर्नसक्ने समस्याको लागि बिभिन्न स्थानमा यस्तो मेशिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदीबिहीनीलाई पर्नसक्ने समस्याको हल गर्न मेशिन बिभिन्न स्थानमा डोनेशन गर्ने गरेको बताए । हेटौंडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*