चित्लाङ–थानकोट सडक तीनदिनका लागि बन्द

साझाकुरा
२०८२ बैशाख २६, शुक्रबार ०९:४५

हेटौंडा- मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको गणेशमान सिंह मार्ग चित्लाङ–थानकोट सडक तीनदिनका लागि बन्द गरिएको छ । सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा बिहीबारदेखि तीनदिनका लागि बन्द गरेको हो । सडक डिभिजन काठमाडौँले थानकोट–चित्लाङ सडकको पानीघाटदेखि चन्द्रागिरी भन्ज्याङ खण्डमा कालोपत्रे गर्न बिहीबारबाट शनिबारसम्म तीन दिन पूर्णरुपमा सवारी आवागमन बन्द गरिएको जनाएको छ ।

सडक डिभिजन काठमाडौँले उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथलगायत सरोकारवाला कार्यालयलाई तीनदनको लागि यो सडक खण्डमा पूर्णरुपमा सवारी आवागमन बन्द गरिएकोले वैकल्पिक व्यवस्था गरिदिन भन्दै पत्राचार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*