२२५ बोतल अनरेक्स सहित पर्साका मुम्ताज पक्राउ

हेटौंडा- मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ । मंगबार विहान अन्दाजी ६ बजेको समयमा प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरीटोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा बाराको अमलेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सूमोसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय मुम्ताज मिया रहेका छन् । मियाले सूमोको छतमा टायर राखी टायरभित्र प्वाल पारी २ सय २५ बोत्तल अनरेक्स लुकाइछिपाई ल्याएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।