फलफूल तथा तरकारी व्यवसायी संघको साधारणसभा
हेटौंडा-नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरको १७ औं साधारणसभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम् फलफूल तथा तरकारी व्यवसायी महासंघका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमको विशेष आतिथ्यतामा साधारणसभा भएको हो । कार्यक्रममा नगरप्रमुख लामाले तरकारी व्यवसायीलाई व्यवस्थित गर्न उपमहानगर प्रतिबद्ध रहेको बताइन् ।
तरकारी व्यवसायीको लागि निर्माण गरेको कृषि थोकबजारमा मन्त्रालय हुँदा उपमहानगरलाई पनि समस्या परेको उनले बताइन् ।नगरप्रमुख लामाले कृषि थोकबजारबाट मन्त्रालय हटाउन स्वयम् तरकारी व्यवसायीले पनि दबाब दिनुपर्ने उल्लेख गरिन् । कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद हुमागाईले अध्यक्षको प्रतिवेदन र ऋषि सापकोटाले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।







