बेवारिसे अवस्थामा एक क्विन्टलभन्दा बढी गाँजा बरामद
हेटौंडा, १० बैशाख÷ मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा रहेको एक क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामदगरेको छ । प्रहरीले जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, धवोडीबाट १०१ केजी ३१० ग्राम गाँजा बरामद गरेको हो ।
धवोडीखोल्सामा रहेको ह्युमपाइपभित्र लुकाएर राखिएको अवस्थामा गाँजा मंगलबार राति फेला परेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । ह्युमपाइपभित्र प्लास्टिकका पोकामा लागुऔषध गाँजा देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । गाँजा कसले लुकाएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।







