कामधेनु सहकारीको वार्षिकोत्सब सम्पन्न
हेटौंडा- हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २७ औ वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ ।हेटौंडा उपमहानगरउपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षतामा वार्षिकोत्सव भएको हो ।कार्यक्रममा एकल महिला सदस्य कमलाकुमारी आचार्य, ज्येष्ठसदस्य गौरीशंकर चौलागाई, उत्कृष्ट विद्यार्थी विनिशा गौतम र सुनिला बयलकोटीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, १७ का वडाअध्यक्ष उद्वव सत्याल, हेटौंडा–६ का वडासदस्य विजय पौडेल, लेखराज ढकाल, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, नौलोबिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुंगाना, नारीचेतना सहकारी अध्यक्ष राधिका गौतम, चुच्चेलोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, दिब्यज्योति टोल विकास संस्था अध्यक्ष दीपक सिग्देल, चुच्चेखोला टोल विकास संस्था अध्यक्ष अमित कँडेल लगायतको आतिथ्यता थियो । हेटौंडा–६ र १७ वडा कार्यक्षेत्र रहेको सहकारीमा ६ सय ६० जना शेयरसदस्य आवद्व छन् ।







