मोतिविन्दुका बिरामीको निशुल्क शल्यक्रिया
हेटौंडा- हेटौंडा सामुदायिक आँखा अस्पतालले शुक्रबार ९७ जनाको मोतिविन्दुका विरामीको निशुल्क शल्यक्रियागरेको छ । बिहीबार र शुक्रबार मकवानपुरको थाहा नगरपालिका–३, पालुङमा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रमा निशुल्क आँखा शिविर संचालन गरिएको अस्पतालकावरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी र चखेल, थाहा नगरपालिकाको दामन, देउखेल, पालुङ र टिस्टुङ एवम् कैलाश गाँउपालिकाको गोगने र डाँडाखर्कमा निशुल्क आँखाशिविर संचालन गरी ८ सय ९५ जनाको आँखा जाँच गरिएको थियो ।
शिविरमा १ सय २४ जनामा मोतिविन्दु पाइएको श्रेष्ठले जानकारी दिए । डा. आषिश जम्मकट्टेलको टोलीले परीक्षण गरेको थियो । शिविरमा थाहा नगरपालिकाको सहयाग रहेको थियो । पालुङमा रहेको सामुदायिक आँखा केन्द्रमा दैनिक २० जनाले आँखाको परीक्षणगराउँदै आएका छन् ।







