खैंजेडी भजन तालिम सुरु

साझाकुरा
२०८२ बैशाख १६, मंगलवार १०:३४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आयोजनामा सोमबारदेखि हेटौंडामा खैंजेडी बाजा तथा भजन तालिम सुरु भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गरौं भन्ने मुख्य उद्देश्य राखेर वडाले खैंजेडी भजन तालिम सुरु गरेको हो । तालिम उद्घाटन गर्दै वडाअध्यक्ष तथा हेटौंडा उपमहानगरप्रवक्ता सविन न्यौपानेले खैंजेडी भजन तथा बाजा नेपालको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताए । ‘खैंजेडी भजन लोप हुँदै गइरहेको छ, यसको संरक्षण गर्नु हाम्रो दायित्व पनि हो’, वडाअध्यक्ष न्यौंपानेले भौतिक विकासले मात्रै देश समुन्नत नहुने बताए ।

तालिमलाई व्यवहारमा उतार्नसके परम्पराको संरक्षणसँगै आयआर्जन पनि बृद्धि हुने उनले बताए । यसअघि १ नं. वडाले महिलालाई पञ्जेबाजा प्रशिक्षण दिएको थियो । हाल स्वर्गद्वारी महिला पञ्चेबाजा समूहले राम्रो आम्दानी गरिरहेको जानकारी दिँदै अध्यक्ष न्यौपानेले खैंजेडी भजन समूहले पनि राम्रो आयआर्जन गर्ने विश्वास व्यक्त गरे । मैनटारस्थित गतिशील कृषि सहकारी संस्थासँग सम्झौता गरेर तालिम सुरु गरिएको हो । सहकारी संस्थाका राम प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, प्रशिक्षक बद्रीप्रसाद पुडासैनीलगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा २० जना महिला तथा पु्रुष सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*