श्रम सप्ताह कार्यक्रम सुरु

हेटौंडा- १३६ औं मे दिवस अन्तर्गत् श्रम सप्ताह कार्यक्रम सुरु भएको छ । अन्तक्र्रिया तथा छलफल गर्दै श्रम सप्ताह सुरु भएको हो । श्रम तथा रोजगार कार्यालय हेटौंडाको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वय तथा सहकार्यमा कार्यक्रम भएको हो । प्रशिक्षक विजयकुमार वैद्यले निर्माण क्षेत्रका कार्यस्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । सामाजिक सुरक्षा कोष सिमराका कार्यालयप्रमुख सुमनकुमार गुप्ताले सामाजिक सुरक्षासम्बन्धी जानकारी मूलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
संघसंस्थाआवद्ध श्रमिकबीच गोष्ठी तथा जनचेतनामूलक कार्यक्रममा सहभागी रोजगारदाता ट्रेड युनियन र कार्यालयका प्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण भएको हो । रुद्रनारायण साहको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यता थियो । जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्मा, नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर अध्यक्ष एम श्रेष्ठलगायत जिल्ला समन्वयका पदाधिकारीको उपस्थिति थियो ।
राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत् पहिलो दिनको कार्यक्रम मकवानपुरमा गरिएको थियो । सिन्धुली, मकवानपुर, धादिङ र चितवनमा कार्यक्षेत्र भएको र पहिलो दिन मकवानपुरबाट सुरु भएको बताइएको छ । दोस्रो दिन चितवनमा समापन हुनेछ ।