रुखले च्यापिएर लिम्बुको मृत्यु

साझाकुरा
२०८२ बैशाख १७, बुधबार १२:०४

हेटौँडा- मकवानपुरको बागमतीमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ देउजोरस्थित सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा सोमवार साँझ इलाम नगरपालिका–९ बस्ने ४६ वर्षीय दिलकुमार लिम्बूको रुखले च्यापिएर मृत्यु भएको हो । रुखले च्यापिएर मृत्यु भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राति नै घटनास्थल पुगेर प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*