४ केजी अफिम सहित थानाभ¥याङका ठाकुरसिंह पक्राउ
हेटौंडा-अबैध लागूऔषध अफिमसहित मकवानपुर प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । ३ किलो ८६० ग्राम लागूऔषध अफिमसहित हेटौंडा–११ थानाभ¥याङका
ठाकुरसिंह मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दिउँसो ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीटोलीले विशेष सूचनाका आधारमा मोक्तानको घरको खानतलासी गर्दा लागुऔषध अफिम फेला पारेको हो ।
मोक्तानले आफू सुत्ने कोठाको खाटमा लागूऔषध अफिम लुकाइछिपाइ राखेका थिए । प्रहरीका अनुसार मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध कसुर मुद्दामा ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ ।







