डाइभर्सन पुननिर्माणपछि कान्तिलोकपथ सञ्चालनमा

साझाकुरा
२०८२ बैशाख २२, सोमबार ०७:५७

हेटौंडा- हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ पुनः अवरुद्ध भएको छ । सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाएको डाइभर्सन आइतबार पुनः बगाएपछि कान्तिलोकपथ अवरुद्ध भएको हो । शनिवार रातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमतीमा बनाइएको डाइभर्सन बगाएपछि आइतबार बिहान्बाट सडकखण्ड अवरुद्ध भएको थियो ।

प्रहरी र सडक डिभिजक कार्यलयको टोलीले डाइभर्सन ममर्तपछि यातायात सुचारु गरेको भएपनि पुनः बागमतीमा आएको बाढीले डाइभर्सन बगाएपछि कान्तिलोकपथ अबरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालले बागमतीमा आएको बाढीले डाइभर्सन बनाउन प्रयोग गरिएको ह्युमपाइपसमेत बगाएकाले सवारीसाधन आवत जावतामा पूर्णरुपमा समस्या भएको बताए ।

डाइभर्सन ममर्त गर्न समय लाग्ने भएकाले तत्काल कान्तिलोकपथ भएर चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन् । यसअघि गत असोज १० र ११ को अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमतीको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झन्डै दुई हप्तासम्म सडकखण्ड अवरुद्ध भएको थियो ।

सडकखण्डको मकवानपुरको बकैया गाउँपालिका स्थित ठिगन–बगुवा खण्डअन्तर्गत गँगटेनजिकैको भ¥याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म यो सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*