नेपालको राजनीति ‘डामाडोल’ छ, दलाल पुँजीपतीको मनोबल उच्च ‘बयलगाडाको कुरा गर्नेले गणतन्त्रवादी हुँ भनेको सुहाउँदैन’
हेटौंडा- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले नेपालको राजनीति ‘डामाडोल’ भएको बताएका छन् ।वर्तमान सरकार संख्याको हिसाबले दुईतिहाई भएपनि देशमा सुशासन कायम हुन नसकेको उनले बताए । सोमबार हेटौंडामा भएको योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुरको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारको गतिविधिको कारण दलाल पुँजीपतीहरुको मनोबल उच्च भएको जिकिर गरे । भ्रष्टचारीलाई कारवाही गर्नुको सट्टा संरक्षणमा सरकार लागेको उनले आरोप लगाए । पूर्वउपराष्ट्रपति समेत रहेका पुनले विचौलियाको संरक्षणको लागि नै कांग्रेस र एमालेको सरकार बनेको टिप्पणी गरे ।
उपाध्यक्ष पुनले देश नाजुक अवस्थामा रहेको बताए । केही अदृश्य शक्तिहरुले राज्यसंयन्त्रलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको उनले बताए । उनले ति शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्याप्त रुपमा पैmलिएको जिकिर गरे । देशको राष्ट्रियतामाथि नै हस्तक्षेप गर्ने हस्तक्षेतकारीसँग ति शक्तिहरुको साँठगाँठ रहेको उनले उल्लेख गरे । उपाध्यक्ष पुनले आपूm २ पटक उपराष्ट्रपति हुँदा ति सञ्जाललाई चिनिसकेको दाबी गर्दैै देश बचाउन त्यस्ता अदृश्य सञ्जाललाई तोड्नुपर्ने बताए ।
‘२–२ पटक उपराष्ट्रपति भएको समयमा मैले ति शक्तिलाई चिनिसकेको छु’ उनले भने ‘यदि मैले मोका पाएँ भने ति शक्तिहरुको सञ्जाललाई ध्वस्त पारिदिन्छु ।’ उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएको बताए । व्यवस्था बदलियो तर, अवस्था बदलिएन भन्ने गलत भाष्यलाई चिर्नुपर्ने उनको भनाई छ । गणतन्त्रको महत्वलाई समाजको तल्लो वर्गमा बुझाउन सकिएन भने गणतन्त्र नै उल्टिन सक्ने उनले बताए । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युताएको उनको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै बयलगाडा चढेर अमेरिका पुगिदैन भन्नेहरुले आपूmलाई गणतन्त्रवादी हो भनेको नसुहाउने उनले बताए । उपाध्यक्ष पुनले संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले संघर्ष गरेर लिएको सत्ता भएकोले यसलाई आर्थिक, सामाजिक हिसावले थप सुदृढ गर्दै लग्नुपर्ने धारणा राखे । गणतन्त्रलाई जोगाउन अब उत्पादन संघर्षमा सबै राजनीतिक दल हामफाल्नुपर्ने उनको भनाई छ । उत्पादन संघर्षमा जान नसक्दा अहिले प्रतिक्रियावादी तत्वले टाउको उठाउन थालेको उनले बताए । सरकार र सम्पूर्ण राजनीतिक दल नै अलमलको स्थितिमा रहेका बेला देशलाई समृद्ध बनाउन सबै राजनीतिक दल उत्पादन संघर्षमा जानुपर्ने उनको बुझाई छ ।
उपाध्यक्ष पुनले सामन्तवादी राज्यप्रणालीलाई भत्काउन आपूmहरु युद्धमा होमिएको बताए । अराजकढंगले युद्धमा गएको भए आज यो अवस्था नआउने उनको भनाई छ । नेपाली मौलिकतामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना आपूmहरु सफल भएको उनले दाबी गरे । यद्यपि गणतन्त्र प्राप्तिलाई मात्र अन्तिमलक्ष्य बनाउन नहुने उनको भनाई छ । वैज्ञानिक समाजवादमा पुग्नुलाई नै अन्तिम लक्ष्य बनाउनुपर्ने उनले बताए । समाजको दलित, उत्पीडितवर्गको उत्थानको लागि समाजवादी गणतन्त्रमा पुग्नु आजको आवश्यकताको भएको उनले बताए ।
‘समाजवादी गणतन्त्रले मात्र समाजको सम्पूर्ण विभेदको अन्त्य गर्छ’ उनले भने ‘समाजमा देखिएको विभेद, छुवाछुत, धनी गरिबबीचको खाडललाई हल गर्छ ।’ उपाध्यक्ष पुनले पुँजीवादी समाजवाद र वैज्ञानिक समाजवादको विषयमा बहस गर्नुपर्ने बेला आएको बताए । उपाध्यक्ष पुनले २०७२ सालमा जारी भएको संविधानमा नै समाजवादमा जाने कुरा उल्लेख गरिसकेको अवस्थामा समृद्ध नेपाल निर्माणको आन्दोलनको महान अभियान चलाउने बेला आएको बताए ।
त्यसैगरी कार्यक्रममा वाईसियल केन्द्रीय अध्यक्ष सुबोध श्रीपाइलीले वाईसिएल माओवादीको सहायक संगठन भएको बताए । माओवादीलाई भेटिने ठाउँमा वाईसिएललाई पनि भेटिने उनले बताए । अध्यक्ष श्रीपाइलीले संगठनभित्र रहेका विमतीलाई अन्त्य गरी विगतको जस्तै वाईसिएलको छविलाई उच्च बनाउनुपर्ने बताए । उनले सामाजिक सञ्जाल मार्फत पनि पार्टीविरुद्ध हुने कुप्रचारको प्रतिवाद गर्नुपर्ने बताए ।
संघीयता र गणतन्त्रलाई थप संस्थागत गर्न पनि वाईसिएलले भूमिका खेल्ने उनले बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले बाईसियलको भूमिका सशक्त हुनुपर्ने बताइन् । भ्रष्टचार अन्त्य गरी सुशासन कायम गर्न वाईसियलले अग्रपंक्तिमा रहेको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । उनले मकवानपुरमा जिल्लामा माओवादी कमजोर नभएको समेत दाबी गरिन् ।
‘२ वटा पालिका प्रमुख, ५ वटा उपप्रमुख, जिल्ला समन्वय समितिको नेतृत्व गरिरहँदा माओवादी कमजोर भन्न मिल्दैन’ उनले भनिन् । सदस्य मोक्तानले विगत एमाले र कांग्रेससंग मिलेर चुनाव लडेपनि अब पार्टी फरक ढंगले अगाडि बढनुपर्ने बताइन् । वाईसियल मकवानपुरका संयोजक लवराज ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज विजय गौतम लगायतले मन्तव्य राखेका थिए ।







