जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ३ थान मोटरसाइकल हस्तान्तरण

साझाकुरा
२०८२ बैशाख २३, मंगलवार ११:०५

हेटौंडा- बागमती प्रदेश सरकारको पहलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ३ थान मोटरसाइकल हस्तान्तरण गरिएको छ ।मकवानपुरको शान्तिसुरक्षा, अपराध नियन्त्रण तथा रोकथाममा टेवा पुगोस् भन्ने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मोटरसाइकल हस्तान्तरण कार्यक्रम बागमती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री सुरचन्द्र लामिछानेको अध्यक्षतामा भएको थियो भने प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा भएको हो ।

यसकार्यले जिल्लाको सुरक्षा व्यवस्थामा थप सशक्तता ल्याउने विश्वास लिइएको मन्त्री लामिछानेले बताए ।कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर शाही, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्ष विश्वराज खड्कालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*