गोल्पिङटारमा चट्याङबाट महिला घाइते

साझाकुरा
२०८२ बैशाख २४, बुधबार ०८:५७

हेटौंडा- हेटौंडा–११, गोल्पिङटारमा चट्याङ लागेर मंगलबार एकजना महिला घाइते भएकी छन् ।घाइते हुनेमा २९ वर्षीया उमा फुँयाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।बिहान १० बजेर ४५ मिननेटको समयमा रुद्रेश्वर महादेव मन्दिरमा पूजा गर्न जाने क्रममा चट्याङ लागेर फुँयाल गम्भीर घाइते भएकी हुन् । घाइते फुँयाललाई उपचारका लागि सिएमसी चुरेहिल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*