बोलेरो दुर्घटनामा ९ जना घाइते

हेटौंडा-मकवानपुरमा बोलेरो दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार विहान ८ बजेको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित सडकखण्डमा खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो अचानक सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।दुर्घटनामा परेर ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले बताए । घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये राक्सिराङ गाउँपालिका–९ बस्ने बर्ष १६ को हिमाल बस्नेत, सोही स्थान बस्ने बर्ष ३५ को बुद्धिमान घलान, बर्ष ७५ को डिलबहादुर घलान, निजको श्रीमती बर्ष ६५ को फूलमाया घलान, बर्ष ३८ का रुपबहादुर राउत, बर्ष ४८ को दीपक खड्का गम्भिर घाइते भएका छन् । त्यस्तै बर्ष ५० को सूर्य अधिकारी, बर्ष १४ को कुमार तामाङ र बर्ष २८ को सुजन तामाङ घाइते भएका छन् ।