हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

साझाकुरा
२०८२ बैशाख २८, आईतवार १०:०४

हेटौंडा-एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ ।उद्योगमा आर्थिक संकटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन । चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकामा हाल आएर उद्योगको किल मिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारणखरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धकन नविनकुमार कर्णले जानकारी दिए ।

उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए । तत्कालीन सरकारले यस उद्योग वि.सं. २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना गरेको थियो । उद्योगले वि.सं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन सुरु गरेको हो । सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड लगानी गरेको थियो । यो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा अहिले प्रशासन, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुनढुंगा ढुवानी गरी ल्याउने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*