झरना साहित्यिक परिवारद्वारा फरक कार्यक्रम

साझाकुरा
२०८२ जेष्ठ २, बिहीबार ११:००

हेटौंडा-झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुद्ध लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरिएको हो । प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय छतिवनका कक्षा ८–१० का साधारण तथा प्राविधिक धारका गरी पाँच÷पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृद्धि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्वअध्यक्ष उद्धव सापकोटा, महेन्द्र मावि विव्यसका अध्यक्ष परशुराम गौतम, नारायण चापागाईं, सुभद्रा थापा तथा सन्तोष विकले मन्तव्य व्यक्त गरेका थिए । प्रधानाध्यापक देवकी सिग्देलको समेत उपस्थिति रहेको कार्यक्रममा पुरस्कार प्रायोजन गायत्री रुपाखेतीले गरेकी थिइन् । सो कार्यक्रमको सभाध्यक्षता झसापकी उपाध्यक्ष गायत्री रुपाखेतीले गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*