परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको सरसफाई अभियान

साझाकुरा
२०८२ जेष्ठ २, बिहीबार ११:०३

हेटौंडा-परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले हेटौंडाको मुख्य बजारक्षेत्रमा सरसफाइ अभियान संचालन गरेको छ । स्वच्छ समाज निर्माण र वातावरणीय सचेतना फैलाउने उद्देश्यले गरिएको यस अभियानमा ४ सय जना स्वयंसेवक सहभागी भएका थिए । मण्डलीका सदस्य, स्थानीय सुरक्षाकर्मी, नगरप्रहरी र समुदायका व्यक्तिको सहकार्यमा ३ किलोमिटर क्षेत्रको सरसफाइ गरिएको थियो । अभियानमा करिब ३ टिपर प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानियाँले सरसफाइ अभियानको प्रशंसा गर्दै यो कार्यले वातावरणीय चेतना अभिवृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । परमेश्वरको मण्डलीले यसअघि पनि विभिन्न सामाजिक कार्य (रक्तदान, वृद्धाश्रममा सेवा, भूकम्प प्रभावित क्षेत्रको सहयोग, तथा वातावरणीय सरसफाइ) लगायत विविध सेवा सञ्चालन गर्दै आएको छ । नेपालमा मात्रै हालसम्म ५० हजारभन्दा बढी व्यक्ति सहभागी भएर ९ सय भन्दा बढी सामाजिक सेवा कार्यक्रम सम्पन्न भइसकेका छन् । मण्डलीले संसारका १७५ भन्दा बढी राष्ट्रमा सामाजिक सेवा कार्य गर्दै आएको छ र यसका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*