साहित्यलाई अध्ययन र अनुसन्धानसँग जोड्नुपर्ने निष्कर्ष

साझाकुरा
२०८३ जेष्ठ १९, मंगलवार १२:१९

हेटौंडा- साहित्यलाई अध्ययन र अनुसन्धानसँग जोड्नपर्ने निष्कर्ष सहित बागमती साहित्य सम्मेलन २०८३ समापन भएको छ ।‘साहित्य, कला र संस्कृतिको प्रवद्र्धन, बागमती सभ्यताको संवद्र्धन’ भन्ने नारासहित बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना एवम् भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजनमा भएको महोत्सवले साहित्यलाई गोष्ठी र पुरस्कार वितरणमा मात्र सीमित राख्न नहुने निष्कर्ष सहित १३ बुँदे घोषणापत्र जारी गरेको छ । महोत्सवले नेपालका सबै भाषा, साहित्य, स·ीत, नाट्यकला, ललितकला तथा संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवद्र्धनका लागि भएका विमर्श प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यस्ता महोत्सवलाई निरन्तरता दिन संघीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका सरकार र प्राज्ञिक संस्थालाई नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेको छ ।

घोषणापत्रमा गोष्ठी तथा पुरस्कार वितरणमा मात्र केन्द्रित साहित्यिक गतिविधिभन्दा साहित्यलाई नयाँ चेतनाको कोणबाट अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ । मूर्तिकला, चित्रकला, स·ीत, नृत्य, संस्कृति, पर्यावरण र लै·िकता जस्ता विषयसँग साहित्यलाई जोडेर अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । हरेक साहित्यिक उत्सव तथा सिर्जनालाई बहुभाषिक, बहुसांस्कृतिक र समावेशी बनाउँदै विश्वचेतनासँग जोड्ने तथा स्थानीय पहिचान र इतिहासलाई समेटेर कार्यक्रम तथा सिर्जना गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

देशको विविधता, मौलिकता र सौन्दर्यलाई आत्मसात् गर्दै भाषा, संस्कृति, ललितकला, स·ीत, दर्शन, रैथाने ज्ञान र सीपकोसंरक्षण तथा संवद्र्धनलाई सबै तहका योजनामा समावेश गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ । घोषणापत्रमा बागमती प्रदेशलाई आध्यात्मिक, प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले सम्पन्न पर्यटकीय गन्तव्यकारुपमा चित्रित गर्दै साहित्यलाई पर्यटन, पर्यावरण र कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ । ग्रामीण तथा सीमान्तकृत समुदायका अलिखित साहित्यलाई दस्ताबेजीकरण गरी तिनका कथा र अनुभवलाई साहित्यमा समेट्नुपर्ने उल्लेखगरिएको छ ।

साहित्यिक उत्सव तथा महोत्सव आयोजना गर्दा भूगोलअनुसारको मौसम र स्थानीय अनुकूलतालाई ध्यान दिनुपर्ने सुझाव दिँदै नयाँ पुस्तालाई साहित्य सिर्जनातर्फ आकर्षित गर्न स्थानीय तह तथा कला साहित्यसम्बद्ध संस्थाबीच सहकार्य आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ । बालबालिका तथा युवापुस्तामा पठनसंस्कृति विकास गर्न विद्यालय, क्याम्पस, विश्वविद्यालय र सार्वजनिक पुस्तकालयमा साहित्यिक पुस्तक तथा पत्रिका खरिदका लागि निश्चित बजेट व्यवस्था गर्नुपर्ने मागगरिएको छ । साथै कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको उपयोग साहित्यमा गर्नुपर्ने तर, त्यसले मानवको कल्पनाशक्ति र सिर्जनात्मक क्षमतालाई कमजोर बनाउन नहुनेमा जोड दिइएको छ ।

घोषणापत्रमा संस्कृति, ललितकला, साहित्य र स·ीतसँग सम्बन्धित सामग्री, कलाकृति तथा पुस्तकको बिक्री वितरणमा रहेका भन्सार तथा कानुनी जटिलता हटाउनुपर्ने उल्लेख छ । कला तथा साहित्यका कथा, कविता, उपन्यास र नाटकलाई व्यावसायिक उत्पादन, रोजगारी र अर्थतन्त्रसँग जोड्ने गरी परियोजना निर्माण र सहकार्यको वातावरण बनाउनुपर्ने सुझाव दिइएको छ ।भाषा, साहित्य, ललितकला, नाट्यकला, स·ीत तथा दर्शनक्षेत्रमा विद्यमान मौलिक र रैथाने ज्ञानपरम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्न आवश्यक समन्वय गर्नुपर्ने विषयमा घोषणापत्रले जोड दिएको छ । महोत्सवमा बागमती प्रदेशका १३ जिल्लाका साहित्यकार, कलाकार,संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागितारहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*