नेपाली सेनाद्वारा ढुङ्गेगढीमा निर्मित ढुङ्गेधारा गाउँपालिकालाई हस्तान्तरण

साझाकुरा
२०८३ जेष्ठ १९, मंगलवार १२:२३

हेटौंडा, १८ जेठ÷ मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ढुङ्गेगढीमा खानेपानी सुविधाको विस्तार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन र सैनिक–नागरिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले नेपाली सेनाले निर्माण गरेको ढुङ्गेधारा तथा पाँच हजार लिटर क्षमताको पानी ट्यांकी मकवानपुरगढी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजना अन्तर्गत गोरखबहादुर गणले मकवानपुरगढी गाउँपालिका–२ ढु·ेगढीमा निर्माण सम्पन्न गरेको संरचना मध्यपृतना मुख्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले गाउँपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् । मकवानपुरगढीका सेनबंशीय शासन कालमा ढु·गढीमा तत्कालीन सेना तैनाथ गरी गढी दरबारको सुरक्षा दिइन्थ्यो ।

कान्तिराजपथबाट करिब १ किमि दुरीमा रहेको ढु·गढीबाट हेटौंडा बजारको केही भाग अवलोकन गर्न सकिन्छ । हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, नम्बर ७ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी विक्रम गुरुङ, वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिन, गोरखबहादुर गणका गणपति प्रमुखसेनानी रविन्द्रकुमार श्रेष्ठ, ७ बाहिनी अड्डाका प्रमुखसेनानी झलक लामा, सशस्त्र प्रहरी बल नम्बर १४ गणका गणपति सशस्त्र प्रहरीउपरीक्षक नवीनकुमार खड्का, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरीनिरीक्षक धर्मेशकुमार यादव, ढु·ेगढी टोल विकास समितिका अध्यक्ष सुधारजीत गोले, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायत स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली सेनाकाअनुसार निर्माण गरिएको ढु·ेधारा तथा पानी ट्यांकीबाट ढुङ्गेगढी भ्रमणमा आउने पर्यटक, काली मन्दिरमा दर्शनका लागि पुग्ने श्रद्धालु भक्तजन तथा स्थानीय बासिन्दाले स्वच्छ खानेपानी सुविधा प्राप्त गर्नेछन् । यसले क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ऐतिहासिक महत्व बोकेको ढुङ्गेगढी क्षेत्रको पूर्वाधार विकाससँगै स्थानीय आवश्यकताको सम्बोधन हुने र नेपाली सेना तथा नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन यस आयोजनाले महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*