संसदीय निर्वाचनको झल्को दिनेगरी ज्ञानोदयमा विद्यार्थी निर्वाचन

साझाकुरा
२०८२ जेष्ठ २, बिहीबार ११:०५

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२, संगमचोकस्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थीले मतदान प्रक्रियाबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन तथा हाउस क्याप्टेन चयन गरेका छन् । क्याप्टेन चयन गर्दा अपनाइएको निर्वाचन प्रक्रियाले कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झल्को दिएको थियो । विद्यार्थीले अध्ययन गर्ने सामाजिक शिक्षमा निर्वाचन प्रक्रियाका बारेमा पढ्नै पर्ने र व्यवहारिक ज्ञानसमेत हुने भएपछि विद्यालयले विद्यार्थीबीच क्याप्टेन तथा भाइस क्याप्टेन चयन गर्न निर्वाचन प्रक्रिया अपनाएको विद्यालयका अतरिक्ति क्रियाकलाप संयोजक प्रितेशकुमार कलवारले जानकारी दिए । विद्यालयमा विद्यार्थीको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा पनि हुने र विषयगत ज्ञान पनि हुने भएकाले निर्वाचन प्रक्रिया अपनाइएको उनको भनाई छ ।

यसअघि विद्यालय प्रशासन आफैंले विद्यालयमा आवस्यक पर्ने क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको थियो । आइतबार विद्यालयमा भएको निर्वाचनबाट क्याप्टेनमा छात्रतर्फ कक्षा ९ का निमेश आचार्य १७९ र छात्रातर्फ जमुना ढुंगाना १५३ मतसहित निर्वाचित भए । क्याप्टेनको छात्रतर्फ निकटमत प्रतिस्पर्धी सुवास घलानले ९२ मत र छात्रातर्फ प्रविसा ढकालले ९३ र नुरमा राणाले २३ मत पाएको निर्वाचन अधकिृत अनिता न्यौपानेले जानकारी दिइन् ।उनका अनुसार भाइस क्याप्टेनमा छात्रबाट कक्षा ८ का राजबीर बानियाँ १०६ मत र कक्षा ८ कै सुप्रिमा श्रेष्ठ १६६ मतसहित निर्वाचित हुँदा भाइस क्याप्टेनमा छात्रतर्फ समिप सिंहले ७५, आवेश उपे्रतीले ५६ र संस्कार बानियाँले ३४ मत तथा भाइस क्याप्टेनमा आर्जु खातुनले १०५ मत प्राप्त गरिन् ।

मतदानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका २८५ विद्यार्थीले भाग लिएका थिए । विद्यालय चुनावमा जानुअघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावीविरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौनअवधि जस्ता आधारभूत क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराएको निर्वाचन अधकिृत न्यौपानेले बताइन् । निर्वाचनबाटै विद्यालयमा रहेका चारवटा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन पनि निर्वाचित भएको उनले जानकारी दिइन् । प्रतस्पिर्धी विद्यार्थीले विद्यार्थी मतदातासँग मत मागेका थएि ।

विद्यालय परसिरभित्र बनाइएको चारवटा मतदानकेन्द्रमा मतदान गरेका थिए । निर्वाचन सम्पन्न गराउन मावि संयोजक भीम प्रधान, निमावि संयोजक करुणा थापा, भाग्य श्रेष्ठ, रमेश थापा, सुमिना थापा, आषिश सुवेदी, अञ्जली प्रधानलगायतले विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई विद्यालयका कार्यवाहक प्रिन्सिपल अनिरुद्र धमला र विद्यालयका सञ्चालक सञ्जय सुवेदीले जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*