मदन भण्डारी फाउन्डेसनद्वारा तीनदिवसीय स्मृति कार्यक्रम सुरु

साझाकुरा
२०८२ जेष्ठ ३, शुक्रबार ११:०३

हेटौंडा-मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले ३३ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा तीनदिवसीय कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रमको पहिलो दिन बिहिबार हेटौडास्थित दिव्य सेवा निकेतनका जेष्ठनागरिकलाई खाद्यान्न वितरण गरिएको छ । फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाअध्यक्ष सुनिल मोक्तान, हेटौंडा सिमेन्ट उद्योग ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारी र जिल्ला समन्वय पूर्वउपप्रमुख भगवती पुडासैनी लगायतले मन्तव्य राखेका थिए । फाउन्डेसनका कोषाध्यक्ष गोकर्ण तिवारी र जेष्ठनागरिक दिव्य सेवा निकेतनका उपाध्यक्ष सुनिता वाइबाबीच खाद्यान्नको भरपाइमा हस्ताक्षर गरिएको थियो ।

वितरित खाद्यान्नमा चामल ३३ बोरा, पिठो ४५ केजी, सुजी २० केजी, तेल ५ लिटर, नुन २० केजी, चिनी १५ केजी, बिस्कुट तीन कार्टुन, आलु २० केजी रहरियो तरकारी ३० केजी रहेका थिए । फाउन्डेसनका सचिव कुमार केसीका अनुसार, निकेतनका प्रमुखसंरक्षक महात्मा सुनिता वाइजी, निकेतनका उपाध्यक्ष बोलबहादुर कार्की, हेटौंडा आयुर्वेद अस्पतालका अध्यक्ष अर्जुन ढकाल, प्रेस चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, निकेतनकी उपाध्यक्ष शुभलक्ष्मी वाइबा, फाउन्डेसनका उपाध्यक्ष धर्म बस्नेत, उपसचिव चन्द्रावती पनेरुलगायत स्थानीय युवा र फाउन्डेसनका सदस्यको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्मृति दिवस अन्तर्गत दोस्रो कार्यक्रमको रुपमा जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा ‘जनताको बहुदलीय जनवादः राष्ट्र निर्माणको आधार’ विषयमा बहस कार्यक्रमको आयोजना गरिने भएको छ । त्यसैगरी, जेठ ३ गते हेटौंडा–९ स्थित दिव्य बालउद्यानमा श्रद्धाञ्जलीसभा आयोजना गरिने फाउन्डेसनका सचिव केसीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*