मोवाइल चार्जरभित्र लुकाइएको लागूऔषधसहित दुईजना पक्राउ
हेटौंडा-मोवाइल चार्जरभित्र लुकाइएको लागूऔषधसहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा, बीरगंज महानगरपालिका–५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र राय रहेका छन् ।
शंका लागेर उनीहरुको झोला जाँच गर्दा करण रायले बोकेको झोलाभित्र ‘भिबो’ लेखिएको मोवाइल चार्जर खोल्दा त्यसको भित्रीभागमा लुकाएर राखिएको अवस्थामा प्रहरीले १८ ग्राम १ सय ५० मिलिग्राम खैरोहेरोइन फेलापरेको प्रहरीप्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







