राक्सिराङमा स्काभेटर पुरियो

साझाकुरा
२०८२ जेष्ठ ४, शनिबार १३:४७

हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका–४ मा पहिरो आई स्काभेटर पुरिएको छ । रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुंगा उत्खनन् गर्ने खानीमा प्रयोग गरिएको मोतिदान कन्ट्रक्सन कम्पनीको बा २ क ५२०६ न.को स्काभेटर एक्कासि सुख्खा पहिरोले पुरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । चुनढुंगा खानीमा काम गरिरहेको अवस्थामा माथिबाट एक्कासि सुख्खा पहिरो आई स्काभेटर पुरिएको प्रहरीको भनाई छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मानवीय क्षति नभएको र स्काईभेटरमा भने क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*