राई टोलदेखि मनकामना मन्दिरसम्मको पदमार्ग सफाई

साझाकुरा
२०८२ जेष्ठ ५, आईतवार १२:०७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५, स्थित राईटोलदेखि मनकामना मन्दिरसम्मको पदमार्ग सरसफाई सम्पन्न भएको छ । शनिबार रोट¥याक्ट क्लब अफ मकवानपुर, रोटरी क्लब अफ मकवानपुर र बालज्योति मावि (स्वास्थ्य समूह) को संयुक्त आयोजना तथा एआर ग्राफिक्सको प्राविधिक सहयोगमा पदमार्ग सरसफाई भएको हो । पदमार्ग सरसफाई कार्यक्रम रोट¥याक्ट क्लब अफ मकवानपुरका सचिव अमितकुमार क्षेत्रीको सभाध्यक्षता तथा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको प्रमुख आतिथ्यतामा भएको हो । सरसफाई कार्यक्रममा अग्रवालले स्वास्थ्य रहन सरसफाई महत्वपूर्ण रहेको बताए । उनले सरसफाई अभियानले नागरिकमा सामाजिक उत्तरदायित्व र सचेतना विकास गर्ने विश्वास व्यक्त गरे ।

रोटरी क्लब अफ मकवानपुर वर्ष सन् २०२५÷२६ का निर्वाचित अध्यक्ष विजय श्रेष्ठले स्वास्थ्य नै मानव जीवनको ठुलो धन भएको बताउँदै सरसफाईलाई विशेष ध्यानमा राख्नुपर्ने बताए । उनले घर वरिपरि मात्रै नभई समाजमा हरेक गल्लीको सरसफाई आवश्यक रहेको बताए । श्रेष्ठले यस्ता सरसफाई कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्न आग्रह गरे । कार्यक्रममा ३५ जनाको सहभागिता थियो । रोट¥याक्ट क्लब अफ मकवानपुर वर्ष सन् २०२२÷२३ का अध्यक्ष प्रदीपकुमार राई, बालज्योति माविका स्वास्थ्य स्वंयमसेविका प्रतिमा सेढाईं, रोटर्याक्ट क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्षराजन कटुवाल, निर्वाचित अध्यक्ष अमितकुमार क्षेत्रीलगायतको आतिथ्यता थियो ।

रोट¥याक्ट क्लब अफ मकवानपुरका सदस्यले राईटोलदेखि मनकामना मन्दिरसम्मको पदमार्गका विभिन्न ठाउँमा सूचनामूलक सन्देश लेखिएका बोर्ड टाँसेका थिए । पैदलयात्रुमा सचेतना अभिवृद्धि गर्नुका साथै वातावणीय प्रदुषण न्युनीकरणमा पनि सहयोग पु¥याउने आयोजकले अपेक्षा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*