गाडी दुर्घटना हुँदा १४ जना घाइते

साझाकुरा
२०८२ जेष्ठ ८, बुधबार ११:४९

हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवनराजपथको ६६ मोडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । त्रिभुवन राजपथ सडक खण्डको ६६ मोडमा चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नंबरको विंगर गाडी सडकबाट करिब २० मिटर तल खसी दुर्घटना हुँदा गाडीमा सवार १४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका सर्लाहीको लालबन्दी नगरपालिका–१५, परमानीपुरकी २८ वर्षीया अम्बरी लो लामा, लालबन्दी–१६ परमानीपुर भोलोनाका ३६ वर्षीय रीतिक राई, ४५ वर्षीय पदमबहादुर श्रेष्ठ, ५१ वर्षीय राजाराम बस्नेत, ३० वर्षीया शान्ता विक, लालबन्दी–१ नवलपुरका ५६ वर्षीय कमल थापालाई मकवानपुर सहकारी अस्पताल लगिएको थियो । यस्तै लालबन्दी नगरपालिका–४, का सरोजकुमार चौधरी, लालबन्दी नगरपालिका–१५, का २७ वर्षीया निर्मला विक, २२ वर्षीया निलिमा खड्का, २२ वर्षीया सीमा घलान, लालबन्दी–५, का ५० वर्षीया समिर सुवेदी, लालबन्दी–१६ की २७ कि कल्पना विक, २५ वर्षीया सुस्मा विक, ३२ वर्षीया पवित्रा घिसिङलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*