विभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्ति सम्मानित
हेटौंडा- प्रजातान्त्रिक विचार समाज मकवानपुरले समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरेको छ ।उच्चशिक्षाको विकासमा प्रदेश विश्वविद्यालयः सम्भावना, चुनौती र रणनीति तथा सम्मान कार्यक्रम हेटौंडामा मंगलबार आयोजना गरी समाजले शिक्षा, कानुन र प्रशासनिक क्षेत्रमा योगदान गर्दै आएका र उपाधि प्राप्तगरेकाहरुलाई सम्मान गरेको हो । विद्यावारिधि गर्ने मकवानपुरका रामबहादुर भण्डारी, भीमप्रसाद तिमिल्सना, श्यामप्रसाद सुवेदी, लिलानाथ ढुंगेल, सुमार्गी हुमागाई, शिवराज पराजुली र खिलप्रसाद बराललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता केशवराज काफ्ले, कृष्णप्रसाद अर्याल र धुव्रप्रसाद चौलागाई, निजामती सेवातर्फ मधेश प्रदेशका प्रमुखसचिव मदन भुजेल, शिक्षा सेवा आयोगका सदस्य रामशरण सापकोटा, प्राध्यापक डा. शंकरप्रसाद उपाध्याय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईलाई कार्यक्रममा सम्मान गरिएको हो । बागमती प्रदेश विश्वविद्यालयको आगामी चुनौती र रणनीतिबारेमा छलफल भएको कार्यक्रममा नेपालमा शैक्षिक संस्था खुल्ने तर, विद्यार्थी अभावको समस्या रहेको भन्दै वक्ताहरुले बजारको मागमा आधारित विषय अध्यापन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् मकवानपुर बहुमुखी क्याम्पस सञ्चालन समिति अध्यक्ष अनन्त पौडेल, बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, हेटौंडा क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, डा. बलराम भट्ट, समाजका केन्द्रीय सदस्य दीपकलाल खतिवडाले नेपालको शैक्षिक अवस्थाको बारेमा चर्चा गरेका थिए ।
समाजका मकवानपुर अध्यक्ष डा. देवचन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा डा. भीमप्रसाद तिमिल्सिना, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, वरिष्ठ अधिवक्ता ईश्वराज ढकाल, ध्रुवप्रसाद चौलागाई, डा. खिलप्रसाद बराल ‘निमेष निखिल’, ऋषिराम पोखरेल, सुभाष कंडेल, प्रदीप कोइराला, माधव न्यौपानेलगायतले क्याम्पसलाई विद्यार्थी पाउनै समस्या भएको भन्दै विद्यार्थीलाई नेपालमै टिकाउने कार्यक्रम आवश्यक भएको बताए ।







