उपमहानगरको बिभिन्न वडामा सडकनाटक

साझाकुरा
२०८२ जेष्ठ १०, शुक्रबार १२:१४

हेटौंडा- सामाजिक बेथितिप्रति प्रहार गर्दै समाजलाई सकारात्मक सोचकासाथ अघि बढाउनका लागि हेटौंडा उपमहानगरका बिभिन्न वडामा सचेतनामूलक सडकनाटक प्रस्तुत गरिएको छ ।हेटौंडा उपमहानगरपालिका र आर्जन ईन्टरटेन्मेन्ट एण्ड एड्भरटाईजिङको सहकार्यमा उपमहानगरका बिभिन्न वडामा राष्ट्रिय कलाकारको टोलीले बैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागूऔषध दुव्र्यसनको प्रभाव र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमासडकनाटकमार्फत सचेतना फैलाउन खोजिएको हो ।

बुधबार हेटौंडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक विद्यालय, बिहीवार हेटौंडा–१३ को महेन्द्र र १४ को जनज्याोति माध्यमिक विद्यालय, शुक्रबार हेटौंडा–३ को महेन्द्रकिरण माध्यमिक विद्यालय, आइतबार हेटौंडा–८ को चन्द्रोदय र १५ को चुरीयामाई माध्यमिक विद्यालयमा सडकनाटक प्रस्तुत हुने उपमहानगरले जनाएको छ ।बिहीबार हेटौंडा–१४ को जनज्योतिमा भएको सडकनाटक नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । नाटकको समीक्षा गर्दै नगरप्रमुख लामाले समाजमा भएको बेथितिलाई यस्ता प्रस्तुतिमार्फत उजागर गर्दै सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन् । हामी केवल भौतिक विकासमा मात्र केन्द्रित नभएको भन्दै नगरवासीको मानसिक विकासका लागि पनि काम गरिरहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*