भैँसेमा बेडसोरको समस्याबाट पीडित वृद्धालाई एयर म्याट्रेस
हेटौँडा-लामो समयदेखि बेडसोरको समस्याबाट पीडित ९७ वर्षीया अशक्त वृद्धालाई सहजीकरण गर्न भीमफेदी गाउँपालिका–२, भैंसे स्वास्थ्य चौकी अन्तर्गत प्रशासक सेवा समूहले एयर म्याट्रेस प्रदान गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशामक सेवा टोली, मकवानपुर जिल्ला प्रशामक सेवा टिम, तथा भीमफेदी गाउँपालिका प्रशामक सेवा समूहको समन्वयमा सहयोग प्रदान गरिएको हो ।
प्रशामक सेवामार्फत घरमै पुगेर स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रयास अन्तर्गत यो कार्य सम्पन्न गरिएको जनाइएको छ । यस सेवाका लागि विशेष समन्वय र प्रेरणा प्रदान गरेको भन्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाप्रति प्रशामक सेवा समूहले विशेष आभार प्रकट गरेको छ । जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित गरिएको यस कार्यले वृद्ध आमालाई शारीरिक राहत पु¥याउने विश्वास लिइएको छ । यसप्रकारको सेवा विस्तारले गाउँपालिकामा प्रशामक सेवाको पहुँच र प्रभावकारिता थप बलियो बनाउने अपेक्षा गरिएको छ ।







