हेटौंडा–११ मा सरसफाइ सामग्री वितरण, सप्ताहव्यापी कार्यक्रम सुरु

साझाकुरा
२०८२ जेष्ठ १४, मंगलवार १२:१५

हेटौँडा -५३ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका–११ मा ‘प्लाष्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी वातावरणीय कार्यक्रम सुरु भएको छ । टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा तथा वडा नं. ११ कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममासरसफाइ सामग्री वितरण गरिएको छ ,कार्यक्रम वडा नं. ११ कार्यालय नवलपुरमा सम्पन्न भएको हो। सरसफाइ सामाग्री वितरण कार्यक्रम नगर समन्वय समितिका अध्यक्ष यज्ञ राज आचार्यको सभाअध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

विशिष्ट अतिथिका रूपमा ध्रुवप्रसाद अधिकारी, देव कुमार श्रेष्ठ रहनु भएको थियो ।सप्ताहव्यापी कार्यक्रममा टोल विकास संस्थाहरुले आ–आफ्नो क्षेत्रभित्र सरसफाइ तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्य लिएको आयोजकले जनाएको छ । कार्यक्रमको समापन जेष्ठ १७ गते नवलपुर पार्टी प्यालेसमा गरिने आचार्यले जानकारी दिए । यस्तै समापन समारोहमा उत्कृष्ट कार्य सम्पादन गर्ने टोल विकास संस्थालाई नगदसहित सम्मान गरिने समेत उनले जानकारी दिए ।कार्यक्रमबाट वातावरणीय सचेतना बढ्ने र टोलस्तरमै प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा योगदान पुग्ने विश्वास लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*