थाहाको लायन्समा अनित र लियोमा विनिता
हेटौंडा, १५ जेठ÷ सामाजिक कार्यमा सक्रिय थाहानगरको लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५÷२६ को लागि अध्यक्षमा अनित विष्ट निर्विरोध निर्वाचित भएका छन् ।हरेक वर्ष नेतृत्व परिवर्तन हुने क्लवको ९ औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा विष्ट निर्विरोध निर्वाचित भएको साधारण सभाबाट क्लवको प्रथम उपाध्यक्षमा निरज रायमाझी, द्वितीयउपाध्यक्ष दीपेन्द्रकुमार थिङ निर्विरोध निर्वाचित भएका हुन् । सचिवमा दीपक कार्की, कोषाध्यक्षमा नविना विष्ट, मेम्बरसिप चियरपर्सन माधव कार्की र एलसिआईएफ कोअर्डिनेटरमा अनन्त ढकाल मनोनित भएको निर्वाचन अधिकृत गीता कार्कीले जानकारी दिइन् ।
लियो क्लव अफ थाहा पिसको ९ औँ साधारणसभाबाट अध्यक्षमा विनिता वाईबा, प्रथम उपाध्यक्षमा शीतल बिष्ट, द्वितीय उपाध्यक्षमा स्मिता विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत निशा विष्टले जानकारी दिइन् । त्यसैगरी सचिवमा बिराज बिष्ट, कोषाध्यक्षमा सृष्टि गोपाली र सहसचिवमा मन्जरी अधिकारी मनोनित भएका छन् । थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको विशेष आतिथ्यता, पूर्वअध्यक्षहरुको आतिथ्यतामा कार्यक्रम संचालन भएको हो ।







