‘पत्रकारको व्यक्तिगत, पेशागत र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ’

साझाकुरा
२०८२ जेष्ठ १९, आईतवार १२:१९

हेटौंडा-प्रेस सेन्टर बागमती प्रदेशको आयोजनामा पत्रकार सुरक्षामा राज्य, नागरिक समाज र सञ्चारमाध्यमको भूमिकाबारे अन्तरक्रिया गरिएको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयकोे साझेदारीमा शनिबार सिन्धुलीको सिन्धुलीमाढीमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सहभागीले पछिल्लो समय पत्रकारिता पेशा चूनौतिपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरेकाथिए । कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले पत्रकारिता संवेदनशील तथा चूनौतीपूर्ण
पेशा भएकाले यसको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी भएको बताएका छन् ।

उनले व्यक्तिगत सुरक्षा मात्र होइन, पत्रकारको पेशागत र आर्थिक सुरक्षाको पनि ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका छन् । चौथो अ· विनाको राज्यको परिकल्पना गर्न नसकिने उनको भनाई थियो । त्यस्तै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले समानुपातिक विज्ञापन वितरण प्रणाली आवश्यक रहेको बताएका छन् । पत्रकारको आधारभूत सेवाको सुनिश्चिता गर्दै पेशागत उन्यनका लागि विभिन्न वृत्तिविकासका कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष विमला पाण्डेले राज्यका हरेक परिवर्तनमा पत्रकारको भूमिका महत्वपूर्ण भएपनि राज्यले पत्रकारप्रति गर्ने व्यवहार भने सधै उपेक्षित नै हुने धारणा राखिन् । समाचार संकलनमा लागि हिँडेका पत्रकारको सुरक्षाको जिम्मेवारी राज्यको भएको जोड दिदै सुरेश रजक हत्याका विषयमा राज्य गम्भिर बन्नुपर्ने उनले बताइन् । कार्यक्रममा सहभागी सञ्चारकर्मीले विपद्का समयमा सुरक्षित भएर रिपोर्टिङ गर्न सक्ने आधारभूत स्रोत र साधन हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै, पत्रकारमाथि हुने दवाव, हस्तक्षेपको अन्त्य, पत्रकारिता क्षेत्रको व्यावसायिक विकास लगायत विषय उठान गरेका थिए । कार्यक्रमका अध्यक्ष प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारीले निष्पक्ष र उत्तरदायी भूमिका निर्वाह गर्दै पत्रकारिता गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर जिल्ला समिति सिन्धुलीको समन्वयमा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*