जंगली च्याउ खाँदा बाबु छोरा बिरामी
हेटौंडा-मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ ओकरेमा च्याउ खाँदा बाबुछोरा बिरामी भएका छन् । मकवानपुरगढी गाउँपालिका–८ ओकरे बस्ने वर्ष ६१ को वीरबहादुर तितुङ र निजका आठ वर्षीय छोरा वसन्त तितुङ च्याउ खाएर बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । आफ्नै घर नजिकै रहेकोबारीमा उम्रेको च्याउ शनिबार खाइ बिरामी भएका उनीहरुको सन्चो अस्पताल मकवानपुर उपचार भएको प्रहरीको भनाइ छ ।
तत्कालै उनीहरुलाई हेटौंडास्थित सन्चो अस्पताल पु¥याइएको र हाल उपचार भइरहेको जनाइएको छ । च्याउ नेपाली ग्रामीण भेगमा लोकप्रिय परिकार भएपनि यथोचित पहिचान नगरी खाने च्याउले ज्यानै जोखिममा पार्न सक्छ । प्रायः वर्षायाममा उम्रिने जंगली च्याउमध्ये केही अत्यन्त विषालु हुने विज्ञहरु बताउँछन् । यस्ता च्याउ देखिने स्वरुपले मात्र पहिचान गर्न सकिने अवस्था नभएकाले जोखिम झनै बढ्दो छ ।







