होचा पुड्का संघको चेतनामूलक नाटक

साझाकुरा
२०८२ जेष्ठ २०, सोमबार १२:०६

हेटौंडा-नेपाल होचा पुड्का संघले हेटौंडा उपमहानगरपालिका–१९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयका विद्यार्थीलाई चेतनामूलक नाटक देखाएको छ । आइतबार विद्यालयको प्राङगणमा लैङ्िगकहिंसा, साइबर अपराध, अनलाइन ठगी, मोवाइलको लतमा कसरी बालबालिका फस्दैछन् ? भन्ने विषयमा चेतनामूलक सडक नाटक मञ्चन गरिएको थियो । निर्देशक जेभी डिसीले निर्देशन गरेको सडकनाटकमा मनोज गोर्खालीलगायत कलाकारले अभिनय गरेका थिए ।

निर्देशक डिसीले पछिल्लो समयमा अनलाइन ठगीको घटनासँगै बालबालिका सामाजिक सञ्जालको जञ्जालमा फास्दै गइरहेको अवस्थामा अभिभावकले बालबालिकालाई कसरी निगरानी गर्ने र ठगीबाट कसरी जोगिने भन्ने विषयमा नाटकले सन्देश दिन खोजेको बताए । अभिभावक र सरोकारवाला निकायको सहयोगले समस्याको हल गर्न सकिने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*