कान्तिलोकपथ ४ दिन बन्द रहने

साझाकुरा
२०८२ जेष्ठ २१, मंगलवार ११:३०

हेटौंडा-हेटौंडा हुँदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ ।कान्तिलोकपथअन्तर्गत मकवानपुर र ललितपुरको सीमानामा रहेको बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान गर्नुपर्ने भएकोले जेठ २१ गते (बुधबार) बाट जेठ २४ गते ४ दिनसम्म लोकपथ अवरुद्ध रहने जनाइएको छ ।

कान्तिलोकपथ अवरुद्ध हुने बारे जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना प्रकाशित गर्दे जानकारी दिएको हो । २०८१ असोज १२ गतेको बाढीले मकवानपुरको भीमफेदी–८ तर्फको एउटा स्पान बगाएको थियो । स्पान बगाएपछि डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*