कृषि ज्ञानरत्न कार्यक्रमले युवामा उत्साह भ¥यो–मन्त्री श्रेष्ठ

साझाकुरा
२०८२ जेष्ठ २१, मंगलवार ११:५६

हेटौंडा-बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले सुरु गरेको ‘कृषि ज्ञानरत्न’ कार्यक्रमले युवामा उल्लेखनीय उत्साह थपेको बताएका छन् ।चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित ‘बीएसएल टु प्लस प्रयोगशाला भवन’को उद्घाटनमा मन्त्री श्रेष्ठले यो कुरा बताएका हुन् ।

उनले कृषि ज्ञानरत्न कार्यक्रमअन्तर्गत विभिन्न शैक्षिक तह पारगरेका युवालाई लक्षित गरी सरकारले कृषिअनुदान कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार, स्नातक तह पारगरेका युवालाई ८ लाख रुपैयाँ, स्नातकोत्तर तहका लागि १० लाख रुपैयाँ, र एमफिल गर्दै पीएचडी अध्ययनको तयारीमा रहेका युवाका लागि २२ लाख रुपैयाँसम्मको कृषिअनुदान प्रदान गरिनेछ ।

उनले प्रदेशभित्र जुनसुकै विषय अध्ययन गरेका युवाले यदि कृषिक्षेत्रमा लाग्ने इच्छा राखेमा यो अनुदान लिन सक्ने व्यवस्था गरिएको स्पष्ट पारेका छन् । उनले भने, ‘हामीले ०८१÷८२ सालमा सुरु गरेको कृषि ज्ञानरत्न कार्यक्रमलाई आर्थिक वर्ष ०८२÷८३ मा चारगुणा वृद्धिगर्दै थप विस्तार गर्न गइरहेका छौँ ।’ विदेश पलायन रोक्दै स्वदेशमै उद्यमशीलता र कृषिकर्ममा लाग्न उनले युवालाई आग्रह गरे । वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले विश्वविद्यालयलाई गुणस्तरीय र परिणाममुखी अध्ययन–अध्यापनमा जोडदिन सुझाव दिए ।

‘नयाँ भवनमात्र पर्याप्त होइन,’ मन्त्री सिलवालले भने, ‘अब यो भवनमार्फत् अध्ययन अनुसन्धानलाई बलियो बनाउँदै चितवनलाई कृषिक्षेत्रमै अग्रणी बनाउनु पर्छ ।’ उनले अन्तर्राष्ट्रिय विश्वविद्यालयको उदाहरण दिँदै चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले पनि अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । यसैबीच, कृषिमन्त्री श्रेष्ठले चितवनको खैरहनी वडा नं ४ स्थित चैनपुरमा रहेको ‘सफा ऊर्जा उत्पादन प्रालि’ द्वारा सञ्चालित फोहोर प्रशोधन उद्योगको स्थलगत अवलोकन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*