हेटौंडामा लेखा व्यवस्थापन तालिम सुरु

साझाकुरा
२०८२ जेष्ठ २३, बिहीबार ११:५२

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडामा ६ दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सुरु भएको तालिमको हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले उद्घाटनगरेकी हुन् । नगरप्रमुख लामाले सहकारीको बित्त व्यवस्थानको जानकारी राख्ने व्यक्ति सचेत नबनेसम्म समस्या समाधान गर्न असहज हुने बताइन् । आय–व्ययको जानकारी राख्ने व्यक्तिले नै सहकारीको अवस्था कस्तो छभन्ने बारेमा सचेत हुन जरुरीरहेको उनले बताइन् ।

सहकारीमा देखिएको पछिल्लो समस्यालाई नियामक निकायको हिसाबले उपमहानगरले अनुगमन र निरीक्षण गरिरहेको उनले जानकारी दिइन् । नगरप्रमुख लामाले नगरमा रहेर काम गरिरहेका केही सहकारीमा देखिएको समस्या समाधानका लागि नजिकबाट नियाल्ने र समस्या समाधानका लागि उपमहानगरले काम गरिरकेको बताइन् । केही सहकारीमा देखिएको समस्यालाई समाधान गर्न काम भएको उनको भनाई थियो ।

संघका सचिव बीरेन्द्र प्रसाद ढुंगानाको अध्यक्षतामा भएको तालिममा हेटौंडा उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, संघका सहसचिव बिजयबहादुर बस्नेत, कोषाध्यक्ष बिष्णुमाया लामा, सञ्चालक सदस्य जानकी चौधरी, सहकारी संघ लिमिटेडका व्यवस्थापक सुमित्राकुमारी वाइबाको आतिथ्यता रहेको थियो । उपमहानगरको सहयोग तथा संघको आयोजनामा भएको तालिममा३५ वटा बचत तथा ऋण सहकारी संस्थाका लेखा व्यवस्थापकको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*