रानीको वक्तृत्वकलामा बंशगोपाल माविका लामिछाने प्रथम
हेटौंडा-५३ औं विश्व वातावरण दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन् । जलवायु परिवर्तन न्यूनीकरणमा सामुदायिक वन समूहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भानु माविका विशिष्ट बर्ताैला द्वितीय र सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने तृतीय भएकी थिइन् ।
हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । प्रतियोगितामा रमेशप्रसाद लामिछाने, पूर्णभद्र चौलागाई र सुनिल शिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, उन्नति महिला समूहकी अध्यक्ष विमला दंगाल, कार्यसमितिका पदाधिकारी, कर्मचारी, उपभोक्तालगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा ९ जना विद्यार्थीले भाग लिएका थिए । विश्व वातावरण दिवसको यो वर्षको नारा प्लाष्टिक प्रदुषण नियन्त्रण गरौं रहेको छ ।







