नीतिमात्र होइन, व्यवहार पनि परिवर्तन गर्नुपर्ने

साझाकुरा
२०८२ जेष्ठ २३, बिहीबार १२:०५

हेटौंडा- हेटौंडामा १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र संयुक्त राजनीतिक संघर्ष समितिको समन्वयमा बुधबार कार्यक्रम भएको हो । कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, दलित अगुवा, अधिकारकर्मी र सामाजिक अभियन्ताको उपस्थिति थियो । उनीहरुबीच जातीय विभेद, छुवाछुत, दलित समुदायको अवस्था र अधिकारका विषयमा छलफलगरिएको थियो ।

कार्यक्रममा दलित विकास समितिका पूर्वकार्यकारी निर्देशक तथा राजनीतिक विश्लेषक डा. बुद्धि नेपालीले विशेष प्रस्तुतिकरण दिएका थिए । उनले दक्षिण एशियामा जात व्यवस्थाको इतिहास, दलित समुदायको योगदान, गरिबीका कारण, जनयुद्ध र आन्दोलनको भूमिका, र छुवाछुतमुक्त राष्ट्र घोषणापछि कायम रहेको व्यवहारगत विभेदबारे चर्चा
गरेका थिए ।

कार्यक्रममा सहभागी दलित अगुवाले कानुनीरुपमा अधिकार सुनिश्चित भएपनि व्यवहारमा अझै विभेद कायम रहेको गुनासो गरेका थिए । उनीहरुले नीतिमात्र होइन, व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका थिए । छुवाछुत र जातीय भेदभाव अन्त्य गर्न सबै तहका सरकार, समुदाय र नागरिकको साझा प्रयास आवश्यक रहेको सहभागीको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*