त्रीबुद्घ मूर्तिको प्राणप्रतिष्ठा तथा नवनिर्मित भवनको उद्घाटन
हेटौंडा=नेपाली कांग्रेस बागमती प्रदेशसभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार त्रीबुद्घ मूर्तिको प्राणप्रतिष्ठा तथा नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।प्राणप्रतिष्ठा तथा गुम्बा भवनको उद्घाटन गर्दै नेता बानियाँले बुद्ध भगवानको मूर्ति स्थापनाले नेपालका विभिन्न जातजातिमा धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । बुद्धको मार्गदर्शनले हजारौँ वर्षदेखि मानिसलाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने उनले बताए ।
नेता बानियाँले स्थानीय नेता, समाजसेवी तथा अग्रजको आग्रहमा आफूले बागमती प्रदेश सरकारको संस्कृति पर्यटन मन्त्रालयबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यो गुम्बाको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ७५ लाखमा निर्मित टासीदेलिङ बौद्ध गुम्बा समितिका अध्यक्ष राजकुमार गोलेको सभापतित्वमा मूर्तिको प्राणप्रतिष्ठा तथा नवनिर्मित भवनको उद्घाटन भएको थियोे ।







