भारतमा कोभिडका सक्रिय बिरामी ५ हजार नाघे

साझाकुरा
२०८२ जेष्ठ २४, शुक्रबार १९:४४

एजेन्सी– भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन्। यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन् । केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्।

केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ। यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन्। मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*