‘साइकल सौन्र्दर्य’ को गृहविमोचन

साझाकुरा
२०८२ जेष्ठ २६, आईतवार १०:५९

हेटौंडा- त्रिभुवन विश्वविद्यालय अंगे्रजी बिभागका उपप्राध्यापक डा. तारालाल श्रेष्ठको पाँचौ पुस्तक ‘साइकल सौन्र्दर्य’ को गृहविमोचन गरिएको छ ।शनिबार मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आयोजित एक कार्यक्रमबीच पुस्तकको विमोचन गरिएको हो । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा.यमबहादुर सिलवाल, साहित्यकार निमेश निखिलले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् । यस पुस्तकमा साइकलको ईतिहास र साइकलेहरुको अनुभव सत्यकथामा अधारित यथार्थपरक र अनुसन्धानात्मक बिवरण समाबेस गरिएको छ ।

नगरप्रमुख लामाले आफू निर्वाचित हुनेबित्तिकै हेटौंडामा बुद्धचोकबाट चारैतिर ४ सय मिटर सांकेतिक साइकल लेन निर्माण गर्दा सामाजिक संजालमा तीब्र आलोचना सहनु परेको स्मरण गर्दै साइकल सभ्यताका लागि निरन्तर काम गरिरहने बताइन् । दुइपटक मेची–महाकाली साइकल यात्रा गरिसकेका नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष साइकलप्रेमी भानुभक्त आचार्यले दैनिकीलाई साइकलसँग जोड्नका लागि सरकारले साइकलसम्बन्धी कानुन निर्माण गर्नु पर्ने बताए ।

पुस्तकका लेखक डा. श्रेष्ठले साइकल अभियानमा नेपालका अधिकांश सहरमा पुगेर पुस्तकका लागि आवश्यक सामग्री संकलन गरिएको बताए । क्यान्सर रोगका कारण जीवनको अन्तिम घडीमा पुगेका ब्यक्तिहरु पनि साइकल चलाउन थालेपछि स्वस्थ्य भएर पुनः सामान्य दिनचर्यामा फर्केका कतिपय उदाहरण पुस्तकमा समेटिएको छ । नेपालका बिभिन्न सहरमा साइकल ¥याली हुने गरेको र ¥यालीको आउटपुटका बारेमा कतै अध्ययन नभएको डा. श्रेष्ठले बताए ।

मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. सिलवालले साइकल सभ्तालाई जोड दिंदै गर्दा नेपालको ठूलो धनराशी विदेशिने भएकोले नेपालमै साइकल उत्पादन गर्ने विषयमा बहस सुरु गर्न आग्रह गरे । नेपालको हिमाल, पहाड, तराइमा साइकल उपभोक्ताको रुचीअनुसारको साइकल उत्पादन गर्ने विषयमा पनि सोच्ने बेला भएको डा. सिलवालको धारणा थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*