प्रथम मित्रता क्याम्प सम्पन्न
हेटौंडा- स्काउट थाहा नगरपालिकाको आयोजनामा प्रथम मित्रता क्याम्प (फ्रेन्डसीप क्याम्प)२०८२ झम्केश्वरी माध्यमिक विद्यालयमा सम्पन भएको छ । ३ दिनसम्म चलेको मित्रता क्याप २०८२ थाहा नगरपालिकामा पहिलोपटक आयोजना भएको हो । स्थानीय स्काउट थाहा नगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको क्याम्प शनिबार सम्पन भएको थियो ।
कार्यक्रमको अन्तिम दिन शनिबार थाहानगर स्काउटका संरक्षक एबम् नगरप्रमुख बिष्णु बिष्टले समापन गरेका हुन् । प्रमुखअतिथि मेयर बिष्टले समापन कार्यक्रममा क्याम्पमा सहभागी विद्यार्थीले समुदायप्रति निर्वाह गर्ने जिम्मेवारी, असल नागरिकप्रतिको जिम्मेवारीबोध गराइ विद्यार्थीलाई अनुशासनमा बाध्ने विश्वास व्यक्त गरे ।
बिष्टले फ्रेन्डशीप क्याम्पले विद्यार्थीलाई थप अनुशासन र सहयोगी भावको विकासमा मद्धत पु¥याएको बिश्वास व्यक्त गर्दै सिकेको कुरालाई व्यवहारमा उतार्न जोड दिदै आगामी दिनमा अन्तरपालिकास्तरीय फ्रेन्डशीप क्याम्प राख्न स्थानीय स्काउटलाई थाहा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । फ्रेन्डशीप क्याम्पमा थाहा नगरका ९ वटा विद्यालयका २ सय २० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
स्थानीय स्काउट थाहाका संयोजक गणेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन समारोहमा थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, प्याव्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, जनकल्याण माविका पूर्व प्रधानाध्यापक सानोभाइ कार्की, प्रशिक्षक असोक सारुमगर, सहभागी मत्स्यनारायण टु«ुपका करिना राना मगर लगायतले मन्तव्य राखेका थिए ।







