विद्यार्थीलाई विद्यालय झोला वितरण

साझाकुरा
२०८२ जेष्ठ २७, सोमबार ११:५६

हेटौंडा- भीमफेदी गाउँपालिकामा रहेको महेन्द्र माध्यमिक विद्यालयको कक्षा १ देखि कक्षा ४ सम्मका विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ ।लायन्स क्लब काठमाडौंको सहयोग एवम् सञ्चारकर्मी सुरेन्द्र थिकेको समन्वयमा १ सय ३१ जना बालबालिकालाई झोला वितरण गरिएको हो । लायन्स क्लब काठमाडौंका‘वन चाइल्ड वन ब्याग’ कार्यक्रमका डिष्ट्रिक्ट प्रेसिडेन्ट सान्तवना देवकोटाको पहलमा विद्यालयमा झोला उपलब्ध गराइएको हो ।

वन चाइल्ड वन ब्याग कार्यक्रमअन्तर्गत नै गाँउपालिकाको ६ नं. वडा र ईन्द्रसरोवर गाउँपालिकाको २ नंं सीमाक्षेत्र देउरालीस्थित बटुकभैरव प्राथमिक विद्यालयका ३५ जना बालबालिकालाई पनि झोला वितरण गरिएको छ । समाजसेवामा अभियन्ता गान्दिरा श्रेष्ठको सहयोगमा अग्रेजी माध्यम संञ्चालित कक्षाको लागि ५ थान सिलिङ पंखा प्रदान गरेको थियो ।

विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ईश्वरमान श्रेष्ठको सभापतित्वमा सञ्चालित कार्यक्रमको प्रमुखअतिथि लाइन्स क्लव काठमाडौंका ‘वन चाइल्ड वन ब्याग’ डिष्ट्रिक्ट प्रेसिडेन्ट देवकोटा रहेका थिए । कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समिति पदाधिकारी, लायन्स क्लब काठमाडौं बिभिन्न पदाधिकारी, पत्रकार, अभिभावकको उपस्थितिरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*