हेटौंडामा बजाज एक्सचेन्ज मेला

साझाकुरा
२०८२ जेष्ठ २८, मंगलवार ११:५४

हेटौंडा- हेटौंडामा बजाज एक्सचेन्ज मेलाको औपचारिक शुभारम्भ गरिएको छ । मेलामा बजाज बाइक खरिद गर्ने ग्राहकले नगद पुरस्कारसहित विभिन्न आकर्षक अफर प्राप्त गर्न सक्ने बताइएको छ ।सोमबारबाट सुरु भएको मेला जेठ ३० गतेसम्म सञ्चालनमा रहने आयोजकले जानकारी दिएको छ । स्थानीय विक्रेता होराइजन अटो प्रालिका सञ्चालक लालकाजीरत्न बज्राचार्यकाअनुसार बजाज बाइक प्रयोगकर्तालाई लक्षित गर्दै विशेष सुविधा र आकर्षक योजना मेलामा समावेश गरिएको छ ।

मेलामा अहिलेसम्मकै सबैभन्दा ठूलो अफर उपलब्ध गराइएको छ ।जसअन्तर्गत बाइक खरिदमा तत्काल फाइनान्स सुविधा, विशेष नगद छुट, १० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन, साथै निशुल्क परामर्श सेवा प्रदान गरिने उनले बताए । बजाजको बाइक हेटौंडामा निकै लोकप्रिय भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*