गढीमा मौरीपालन सम्बन्धी एकहप्ते तालिम

साझाकुरा
२०८२ जेष्ठ २९, बुधबार १०:४८

हेटौंडा- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका गृहिणी महिला मौरीपालनसम्बन्धी एकहप्ते तालिममा सहभागी भएका छन् ।गृहिणी महिला सशक्ति करण परियोजनाअन्तर्गत नव चेतनशील समाज नेपालले आयोजना गरेको तालिम मकवानपुरगढी गाउँपालिका र बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको साझेदारीमा सञ्चालन भइरहेको हो ।

तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष दोर्जे लामाले गरे । उद्घाटनमा अध्यक्ष स्याङ्तानले गृहिणी महिलालाई उद्यमशील बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सीप सिकेर उद्यमशील बन्ने विषय चानचुने होइन,’ उनले भने, ‘आफ्नै गाउँमा आएको यो अवसरलाई उपयोग गर्दै आम्दानी बढाउन लागिपर्नुहोस् ।’

पालिका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले तालिम मार्फत महिलालाई स्वरोजगार बनाउने अभियानमा पालिका लागिपरेको जानकारी दिइन् । ‘ब्युटिसियन, ब्याग, गलैँचा बुन्नेजस्ता तालिममार्फत् पनि हामी गृहिणीलाई आत्मनिर्भर बनाउने काम गरिरहेका छौँ,’ उनले भनिन् । तालिमको प्रभावकारिता बारेमा वडा नं. ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईं, वडा नं. ८ का अध्यक्ष कुमारसिं घिसिङ र वडासदस्य गोकुल देवकोटाले धारणा राख्दै महिलालाई व्यावसायिक मौरीपालनमा अघि बढ्न प्रेरित गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*